हाम्रो बारे

संस्थाको परिचय

सहकारी ऐन २०४८ बमोजिम स्थापना भई सहकारी ऐन २०७४ अनुसार संचालित यस तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि. (Tarakari Phalafool Saving and Credit Co–Operative Society Ltd.) काठमाण्डौँ जिल्लाभरी कार्यक्षेत्र कायम गरी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाण्डौँमा वि.सं. २०५६ साल माघ २१ गते ३० जना सदस्यहरुबाट रु. ३१९०० (अक्षेरेपी एकतीस हजार नौ सय मात्र) शेयर पूँजी संकलन गरी स्थापना भएको संस्था हो । यस संस्थाको प्रधान कार्यालय काठमाडौं वडा नं १३ , कालीमाटीमा रहेको छ भने सदस्य सेवा काउन्टर काठमाडौं वडा नं १४ , बल्खु तरकारी बजारमा रहेको छ । यस सहकारी संस्थाले छरिएर रहेको रकम संकलन गरी पुजीँ निर्माण गर्ने साथै बचत गर्ने वानीको विकास गरी संकलित रकमलाई व्यवसाय वुद्धि , उद्यमशिलता , सीपमूलक परियोजना लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने साथै त्यसका लागि पूर्वाधारहरुको व्यवस्था मिलाईदिने आवश्यक परेको खण्डमा आफ्नो सदस्यहरुलाई सुहाउदो व्याजदरमा छिटो छरितो र सहज ढङ्गबाट ऋण प्रवाह गर्नुका साथै सदस्यहरुको हितका लागि सामाजिक गतिविधीका कार्य गर्ने गरी आफ्नो लक्ष्य उद्धेश्य र ध्येयका साथ तरकारी फलफूलका व्यवसायीमाझ वित्तिय छहारीको रुपमा स्थापित यस सहकारी संस्था सदस्य केन्द्रित र सेवामुखी सामाजिक उत्तरदायित्व बोकेको सक्षम र वित्तिय रुपमा सबल संस्था हो ।

परिकल्पना

“प्रविधीयुक्त दिगो एवं सदस्यमैत्री वित्तिय सहकारी”

ध्येय

“सहज र गुणस्तरीय वित्तिय सेवा मार्फत सदस्यहरुको व्यवसायिकता अभिवृद्धि गरी आर्थिक सामाजिक जीवनस्तर सुधार गर्ने”

उद्देश्य

१) संस्थामा संलग्न सदस्यहरुमा मितव्ययीताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
२) सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने ।
३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरुमार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने ।
४) सदस्यहरुको व्यवसायिक हित प्रवद्र्धन एवं राष्ट्रिय अर्थतन्त्रमा योजना दिने कृषि बजार विकास गर्ने ।
५) सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामुलक कार्यहरु संचालन गरी सहकारिताको महत्व स्थापित हुने सन्देश समूदायमा प्रवाह गर्ने।

व्यवस्थापन

संस्थाको विनियम २०५६ ( पुनर्लेखन २०८०) को व्यवस्था बमोजिम साधारणसभाबाट निर्वाचित ७ जना संचालक सदस्य भएको संचालक समिती, ३ जना सदस्य रहेको लेखा सूपरिवेक्षण समिती एवं संस्थालाई आवश्यक सल्लाह र सुझाव दिनका लागि सल्लाहकार मण्डलको व्यवस्था गरिएको छ । कर्जा व्यवस्थापनको लागि विनियम को अधिनमा रहेको कर्जा लगानी तथा अशुली सम्बन्धी आन्तरिक कार्यविधी बमोजिम संचालक समिती को सदस्यबाट १ जना संयोजक र शेयर सदस्यबाट अन्य २ जना सदस्य व्यवस्था गरी ३ सदस्यीय ऋण उप समिती १ वर्ष अवधीको लागि प्रत्येक वर्ष संचालक समितीले चयन गरी व्यवस्था गर्ने गरिएको छ । विभिन्न समयमा आयोजना गरिएको विविध कार्यक्रम एवं संस्थाको निर्धारित लक्ष्य, उद्देश्य र परियोजना सफल बनाउनका लागि विभिन्न उप समितीहरु ग्ठन गरी कार्य सम्पादन गर्ने गरिएको छ । व्यवस्थापक सहित अधिकृत स्तरका ३ जना, सहायक स्तरका ११ जना, सहयोगी, सुरक्षा गार्ड र बाह्य स्रोतबाट स्वास्थ्य प्राविधिकको व्यवस्था गरिएको छ । सहकारी संस्थाले वार्षिक कार्ययोजना र क्यालेन्डर तयार गरी वार्षिक रुपमा सदस्यहरुलाई वितरण गरी ३५० दिन कार्यालय संचालन गर्दै आएको छ । बजार विकास समितीको भवन भाडामा लिई विहान ८ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र सार्वजनिक विदाको दिन विहान ८ः०० बजेदेखि १२ः०० बजेसम्म सदस्य सेवा प्रदान गर्दै आएको छ ।