सदस्य सेवा अन्तर्गत
- २४ वर्षदेखि निरन्तर सदस्य सेवामा समर्पित
- बचत र ऋणमा असल कारोबार गर्ने सदस्यलाई कारोबारको योगदानको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम फिर्ता गर्ने व्यवस्था भएको ।
- बिहान ७ देखि ५ बजेसम्म कारोबार गर्न सकिने ।
- सार्वजनिक बिदाका दिन समेत सेवा लिन सकिने ।
- दैनिक रकम संकलनको लागि घरदैलो सेवा उपलब्ध
- प्रविधीयुक्त कारोबार, ट्याबकोे माध्यमबाट रकम संकलन गरिने
- सरल एवं सूलभ ब्याजदरमा ऋण लगानी गर्ने व्यवस्था
- सदस्यहरुको रु. १ लाखको दुर्घटना विमा सुनिश्चित गरिएको
- प्राणघातक रोग लागेको खण्डमा रु. २५ हजार उपचार खर्चको व्यवस्था भएको ।
- मासिक बचतको रकमको आधारमा सदस्य राहत (काजक्रिया खर्च) उपलब्ध गराउने ।
- महिला सदस्य सुत्केरी भत्ताको व्यवस्था
- जेष्ठ सदस्य ( ६० वर्ष पुरा) र एकल महिला सदस्यलाई वार्षिक रु. २००० भत्ताको व्यवस्था
- सदस्यको छोराछोरी जो एस.इ.इ. मा उत्कृष्ट अंक प्राप्त गर्नेलाई सम्मान गरिने
- बल बचतकर्ताहरुको लागि बौद्धिक मनोरन्जनात्मक कार्यक्रम वार्षिक रुपमा संचालन गरिने
- विप्रेषण (रेमिटान्स) सेवा उपलब्ध
- विभिन्न कार्यक्रम, तालिम, भ्रमण लगायत वित्तिय तथा गैरवित्तिय सेवामार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरोन्नतीको अवसर प्रदान गरिने ।
सबल र सुरक्षित संस्था
- पल्र्स विश्लेषण अनुपात अनुसार संस्थाको वित्तिय सक्षमता कायम रहेको ।
- प्रतिशतभन्दा बढी संस्थागत कोष कायम रहेको
- नेफ्स्सकुनद्वारा संचालित कव्र्स (CURBS) कार्यक्रममा सहभागिता
- वित्तिय बजारमा देखा पर्ने समस्याहरुले सदस्यहरुको लगानी तथा बचत निक्षेप फिर्तामा कुनै पनि प्रभाव नपरेको ।
- सहकारी ऐन, नियमावली, सहकारी मापदण्डको पूर्ण पालना गर्नुका साथै राष्ट्र बैंक तथा सहकारी विभागबाट हुने अनुगमनबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गरी कानुनी दृष्टिकोणबाट संस्थालाई सुरक्षित बनाइएको ।
- आवश्यकताअनुसार नीति, कार्यविधी तयार गरी कार्यान्वयन गर्दै सुशासनमा संचालित संस्था
- क्षेत्रीय उत्कृष्ट करदाताको रुपमा चौथो करदिवस २०७१/०७२ मा सम्मानित तथा उत्कृष्ट बचत कर्ताको रुपमा ५ पटकसम्म राष्ट्रिय सहकारी बैंकबाट पुरस्कृत
- कोभिडको समयमा सदस्य एवं समुदायमा सेवा प्रदान गरेबापत वल्र्ड बुक अफ रेकर्ड (युके) को स्टार २०२० (World Book of Record, UK Star 2020) द्वारा सम्मानित
- बन्दाबन्दीको अवधीमा अधिक रेमिट कारोबार गरेपश्चात आई.एम.इ. रेमिटद्वारा सम्मान प्राप्त ।
- संस्थाको कारोबारको विमा गरिएको ।
प्रविधीमैत्री सेवा
- आफ्नो खाताको रकमहरु तुरुन्त थाहा पाउन, विजुली, इन्टरनेट, डिसहोम, टेलिफोनको बिल भुक्तानी मोबाइल रिचार्ज, सदस्यबाट सदस्यको खातामा एवं बैंकमा समेत रकम सकमान्तर गर्न सकिने, बैंक वित्तिय संस्थाबाट आफ्नो सहकारीमा रकम जम्मा गर्न सकिने मोबाइल एप्स भएको
- सफ्ट्वेयरमा आधारित सुरक्षित कम्प्युटराइज्ड लेखा प्रणाली
- सि.सि. क्यामेरा लगायतका प्रविधियुक्त सेवाहरु ।
मासिक (नियमित) बचत र यसको महत्व
- सदस्य भइसकेपछि हरेक महिना नियमित रुपमा तोकिएको रकम जम्मा गर्नुपर्ने बचत नै मासिक बचत हो ।
- यो सदस्यहरुको दिर्घकालिन बचत होस भन्ने उद्देश्यका साथ परिकल्पना गरिएको बचत हो ।
- यस बचतले संस्थाको तरलता कायम राख्न सहयोगी भूमिका निर्वाह गर्दछ ।
- यसै बचतका आधारमा संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने आर्थिक सहयोगहरुको निर्धारण गरेको हुन्छ ।
- मासिक नियमित बचत नगरेको खण्डमा ऋण प्राप्ती लगायत अन्य सहुलियत सूविधाहरुबाट बन्चित भइन्छ ।
- मासिक बचतमा तोकिएको रकम राखेर तोकिएको समयमा मात्र भुक्तानी लिन मिल्ने व्यवस्था गरिएको हुन्छ ।
- सदस्यले पाउने प्रत्यक्ष अप्रत्यक्ष सेवासँग सम्बन्धित भएकाले यो बचत महत्वपूर्ण छ ।
सदस्यताका लागि आवश्यक कागजात
- कार्यक्षेत्रभित्र स्थायी बसोबास खुल्ने कागजात
- नागरिकताको प्रतिलिपी १ प्रति
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ५ प्रति
- हकवालाको फोटो र नागरिकताको प्रतिलिपी १-१ प्रति