संस्थाको परिचय
सहकारी ऐन २०४८ बमोजिम स्थापना भई सहकारी ऐन २०७४ अनुसार संचालित यस तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि. (Tarakari Phalafool Saving and Credit Co–Operative Society Ltd.) काठमाण्डौँ जिल्लाभरी कार्यक्षेत्र कायम गरी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाण्डौँमा वि.सं. २०५६ साल माघ २१ गते ३० जना सदस्यहरुबाट रु. ३१९०० (अक्षेरेपी एकतीस हजार नौ सय मात्र) शेयर पूँजी संकलन गरी स्थापना भएको संस्था हो । यस संस्थाको प्रधान कार्यालय काठमाडौं वडा नं १३ , कालीमाटीमा रहेको छ भने सदस्य सेवा काउन्टर काठमाडौं वडा नं १४ , बल्खु तरकारी बजारमा रहेको छ । यस सहकारी संस्थाले छरिएर रहेको रकम संकलन गरी पुजीँ निर्माण गर्ने साथै बचत गर्ने वानीको विकास गरी संकलित रकमलाई व्यवसाय वुद्धि , उद्यमशिलता , सीपमूलक परियोजना लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने साथै त्यसका लागि पूर्वाधारहरुको व्यवस्था मिलाईदिने आवश्यक परेको खण्डमा आफ्नो सदस्यहरुलाई सुहाउदो व्याजदरमा छिटो छरितो र सहज ढङ्गबाट ऋण प्रवाह गर्नुका साथै सदस्यहरुको हितका लागि सामाजिक गतिविधीका कार्य गर्ने गरी आफ्नो लक्ष्य उद्धेश्य र ध्येयका साथ तरकारी फलफूलका व्यवसायीमाझ वित्तिय छहारीको रुपमा स्थापित यस सहकारी संस्था सदस्य केन्द्रित र सेवामुखी सामाजिक उत्तरदायित्व बोकेको सक्षम र वित्तिय रुपमा सबल संस्था हो ।
हाम्रो सेवाहरु
निक्षेप योजना
विद्धमान प्रतिस्पधात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ।
कर्जा तथा सापटी
समयको माग संगै सदस्य महानुभावहरु उद्योग एवं व्यापार विस्तारका लागि आवस्यकता अनुसार निम्न शिर्षक अन्तर्गत कर्जा प्रदान गरिएको छ।
प्रविधि
संस्थाको दैनिक कार्यलाई चुस्त दुरुस्त बनाउने, छिटो छरीटो तथा सरल तवरबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न आधुनिक बैंकिंग सफ्टवेयर जादाँ गरिएको छ।
“मर्यादित व्यवसाय र प्रविधीमा सहकारी”
सम्पर्कमा रहनुहोस्
यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस।
